आफ्नै बाउ दुश्मन
रोशन को बुवा ले रोशन लाई गाली गर्दै सम्झाउदै थिए ।
रोशन को बुवा : हेर हेर तेरै साथी ,तै सँग पढ्ने साथी दिक्षा first भै र त चाँही fail भैस् ? हेर हेर कस्ती राम्री र कती intelligent छीन् उनी ?
रोशन : हे बुवा पनि ,के को हेर हेर नि ? उसैलाई हेर्दा हेर्दा त fail भएको हो ? आफ्नै बाउ दुश्मन छन अनी बाहिर खोज्न जानु पर्छ र ? खाली हेर हेर रे ?
तिम्रै याद आउछ
एउटा केटा र एउटा केटी ले एउटा पार्क मा गफ गरेर बसेका थिए ।
केटा : सुजिना तिम्रो मलाई धेरै धेरै याद आउछ ।
केटी : कुन कुन बेला मेरो याद आउछ नि श्याम ?
केटा : जब घाम लाग्छ तिम्रै याद आउछ
जब पानी पर्छ तिम्रै याद आउछ
… जब असिना पर्ला जस्तो हुन्छ त्यो बेलामा पनि तिम्रै याद आउछ
केटी :ओहो श्याम तिमीले मलाई यती धेरै माया गर्छोउ ?
केटा :होइन लाटी तिमीले अस्ती मेरो छाता लागि दियोउ त्यहि भएर हो।
केटी : हेर कती बदमाश रैछ आफुले चाँही उस्लाई कती माया गर्छु उस्ले चाँही यस्तो भन्छ। मैले चाँही तिमीलाई कत्ती याद गर्छु ।
केटा : खुशी भएर ! ए हो र ? अनी मलाई कुन बेला याद गर्छोउ नि ?
केटी : जब म रेस्टुराँ जान्छु , जब म सिनेमा हेर्न जान्छु , जब म शोप्पिङ गर्न जान्छु खाली तिम्रो मात्रै याद आउछ ।
केटा : ए हो र भन्या ? साह्रै खुशी हुन्छ ।।।।।मलाई तिमीले यती धेरै माया गर्छोउ है ……….
केटी : होइन लाटो मान्छे , तिमीले पैसा तिरी दिन्छोउ भनेर तिम्रो याद आउछ |








