हार्दिक श्रदांजलि
Kharapani flood

पहिचानसहितको संघीयता र लिम्बुवान राज्य हुन नदिने षडयन्त्रविरुद्ध निर्णायक आन्दोलनः

जेष्ठ ६ गते बेलुकी लिम्बुवानभर राँकेजुलुश गरी ७, ८ र ९ गते तीन दिन आमहड्ताल घोषणा लिम्बुवान, जेष्ठ ३, २०६८/ पहिचानसहितको संघीयता र लिम्बुवान स्वायत्त राज्यको संवैधानिक सुनिश्चितताको लागि ०६२/६३ को जनआन्दोलनदेखि नै संघीय-लिम्बुवान आन्दोलनको नेतृत्व गरिरहेको राजनीतिक सङ्गठन संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले राज्यको पुनर्संरचना गर्नेक्रम्मा एकात्मकवादी नेताहरुद्वारा गम्भीर षडयन्त्र [...]

पहिचानको सङ्घीयता छोड्दैनौँ : दाहाल

काठमाडौँ, वैशाख ३१ गते। एकीकृत नेकपा -माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले पहिचानसहितको सङ्घीयतामा सम्झौता गर्न नसकिने बताउनुभएको छ। आफ्नै निवासमा आइतबार ज्ञापनपत्र बुझाउन आएका विभिन्न राजनीतिक दल र सामाजिक संस्थासम्बद्ध प्रतिनिधिसँगको भेटमा उहाँले माओवादीले पहिचानसहितको सङ्घीयता नछाडेको स्पष्ट पार्नुभएको उहाँका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो।

[...]

लिम्बुवानलगायतका पहिचानसहितका राज्यहरू चाहने जनमासले संघीय-लिम्बुवान मार्चपास सम्पन्न

एकात्मकसत्ता केन्द्र काठमाडौंलाई घेर्दै संघीय-लिम्बुवान मार्चपास सम्पन्नः लिम्बुवान नेपालबाट टुक्रेर जाने नभई सिङ्गो देशलाई नै चलाउन आउने उद्घोष – डीबी आङ्बुङ लिम्बू लिम्बुवान-काठमाडौं, नेवाः बैशाख २७, २०६९ | ”संघीयता र जातीय(राष्ट्रिय) पहिचानसहितका लिम्बुवान लगायतका राज्यहरूको संवैधानिक सुनिश्चितताका लागि संघीय-लिम्बुवान आन्दोलनले एकात्मकसत्ता केन्द्र काठमाडौंलाई घेरावन्दी गरौं” भन्ने नाराका साथ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान [...]

जातीय राज्यका पक्षमा कङ्ग्रेस सभापतिलाई भ्रातृ संस्थाहरुको ज्ञापन

नेपाली कङ्ग्रेसका भ्रातृ संस्थाका प्रतिनिधिसहित १२ जनाले सभापति सुशील कोइरालालाई जातीय राज्यका पक्षमा ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रको अंश जस्ताको तस्तै हाम्रा सवालहरु : १. जातिय र भाषिक पहिचानको आधारमा आदिवासी जनजातिहरुको ऐतिहासिक थातथलोमा आत्मनिर्णयको अधिकार सहित स्वशासन र स्वायत्त राज्यसहितको राज्यपुनसंरचना हुनुपर्ने। २. राज्यपुनःसंरचना समितिले निर्धारण गरेको जातिय पहिचानको आधारमा वनेका [...]

This page has been visited
count all hits
since Jan,2010