मिलन गुरुंग / बेलमोन्ट
हिजो आज छ्य्स्सा छिरेको जाडोले नेपालमा असोज कातिक तिरको मौसमको याद दिलाउछ | फांट भरी धान झूलने अनि पर्देशिनेहरू फर्किने बेला हो अनि केटा केटीहरु “दशैं आयो , खाउला पिउला , कहा जाउला , चोरी ल्याउला , धत्त पापि , म त छुट्टै बसौला ” भन्दै आंगनमा खेलने बेला हो यो दशैको |
दसैमा दरौदी तरेर सिम्लेको उकालो हुँदै सिम्ले डांडामा पिंग खेलेर फुलपातिमा गाउलेहरूले फाडेको बाटोमा रमाउदै त्यों लप्से भंगेरी रमाइलो गाउँमा जान नपाए पनि यो ग्रेटर बोस्टन नेपालीज कम्युनिटिले आयोजना गरेको दशैं कार्यक्रममा अबस्य जानेछु |
दशैंको रमझम त छदैछ | कहिले काही सधै गर्ने काम कुरालाई एकातिर थान्क्यर साथी भाई संग रमाइलो गर्नु पनि त पर्यो | दशैं सांझ्मा गाउमा जस्तै टिका र आशिक त नपाइएला तर नेपाली मन बोक्ने इस्ट मित्रहरु त भेट्न अबस्य पाइन्छ होला | त्यति मात्र कहा होर ? सांकृतिक कार्यक्रम पनि अति रमाइलो नै हुनेछ | लौ सेप्टेम्बर २१ सोमबार साँझ 6.30 pm 400 Cardinal Medeiros Ave Cambridge MA 02141 मा भेटौला | यदि दशैको सांझ हुल्मुलमा परियो भने अहिले नै यो दशैको सुभकामना लिई राखनुहोस | टिका होस निधारमा, जमरा होस कानमा, सुख होस परिवारमा र पूरा होस मनोकामना यही नै छ २०६६ शालको बिजय दशमीको शुभकामना | तलको फ्लायेर हेरेर जी. पि . एस भए ठीकै नभए पनि कसैको साथ खोज्दै आउनु होला | जदौ |
Venue: 400 Cardinal Medeiros Ave Cambridge MA 02141
Click here to View Map







I am glad to see your blog Milan Ji. Congrats and best wishes for the success…….And see you at Dashain.
Sudeep
मन परे हरियो थिच्नुहोस नपरे रातो !
0
0
Sudeep Bro, Thank you for your comment, hope to see you there.
मन परे हरियो थिच्नुहोस नपरे रातो !
0
0
काफल ऐसेलुको मौसम मा कति खान मन लाग्थ्यो. दशैंको बेलामा कति पिंग खेल्न मन लाग्थ्यो तर बिदेशमा भासिये पछि सबै चीजहरु बेमौसमी लाग्न थालेको छ / परिवारमै एउटा को दशैं छ अर्को को काम छ कसरी बेमौसमी नभन्ने? तैपनी हाम्रो नेपाली सस्थाले सबै नेपालीलाई केही हद सम्म अभिभाव्कत्वा प्रदान गरेर सबै नेपाली लाइ नेपालको सम्झना परिवारको सम्झना बाट बिदेशमै रम्न सहयोग पुर्याउनु भएको मा धन्यबाद/ कार्यक्रम रमाइलोमा मात्र नभई यहाँ जन्मे हुर्केका भाई बहिनी हरुका लागि सूचना मूलक पनि होस भनी अपेक्षा पनि गर्दछु /
मन परे हरियो थिच्नुहोस नपरे रातो !
0
0