भक्त गुरुंग /बोस्टन अमेरिका
नेपाल बिश्वको अत्यंत सानो देशहरू मध्ये एक भए पनि यसको भौगोलिक,जातीय र धार्मिक बिबीधताले गर्दा संसारकै आखा योसानो देशमा सदियौ देखि पर्दे आएको छ |संसारकै अग्लो टाकुरादेखि संसारकै होचो भाग ,अनगन्ति जाती जनजाति तथा संसारकै एकमात्र” हिन्दू अधिराज्य” भनी घोसणा गरिएको देशमा शान्तिका अग्रदूत “बुद्ध” जन्मनुले कति विविधता छ भन्ने प्रष्ट हुन्छ | तर आर्थिकरूप बाट संसारकै गरीब देशमा गनिदा त आफैमा हिनाताबोधको भावना नआउनु अस्वाभाविक होइन |नेपालसांस्कृतिक,भाषिक,जातीय,भौगोलिक एव धार्मिक रूप बाट यती धनी भएर पनि किन एउटा गरीब मुलुकमा गनिन पुग्यो यो एउटाखोजको बिषय हो | के यिनै विविधताहरु नै हाम्रो अभिशाप हो त ?
नेपालको यो अधोगति हुनुमा बिशेशत:तीन मुख्य कारक तत्वहरु छन |ती कारणहरु मैले शीर्षकमा नै राखेको छु |
प्रथम कारक तत्वमा राजा र राजतन्त्र नै थियो | राजाका बोली, कानून र शब्दहरु, नियम थिए |राजाले जहिले पनि एउटा यस्तोपरम्पराको सुरुवात गर्यो जसबाट समाज उच्च बर्ग र नीच बर्गमा बिभाजित भयो | सडकमा हिडि रहेका नागारिकलाई मारदा पनि राजा रराज्-परिवारलाई कानूनी ब्यबस्था थिएन | दंडाहिन्ताले गर्दा नेपालका बहुमूल्य चिजहरू बहिरका मुलुकका संग्रहालायाहरुमा सजिन पुगे|राजालाई २००७ साल देखिनै संबैधानिक भनेर कानूनत: बाध्न खोजीएता पनि;राजतन्त्र त्यसको शर्तमा कहिलै छिर्न चाहेन | बिदेशबाटथुप्रै सामान तश्करी हुन थाल्यो र नेपालमा ठुलो बिकृतिको शुरुवात हुन पुग्यो | राजा भनेका बिष्णुको अवतार भनेर हिन्दू हरुले बढवा दिएतर बुद्ध जस्ता महामानव नेपाल मै जन्मेर पनि शाशक बर्ग द्वारा बेवास्ता भयो | बिभिन्न देश्हरूले आफ्नो देशमा बुद्ध जन्मिएको दावीगर्दा पनि हिंदूवादी सोचले ग्रस्त भएका राजाले बिरोध गरेनन | हिन्दू धर्मले जातीय भेदभाव अनि समाजमा बैमंस्यता ल्याई रह्यो | (तत्कालीन अवस्थामा धार्मिक सहिसुनता भनियता पनि त्यों बैमंस्यताको शुसुप्त अवस्था थियो )शिक्षा उच्च जातका भनौदाले मात्रपाउनु पर्छ भन्ने अघोषित मान्यता रह्यो | पक्कै पनि शिक्षामा समान अवसर नहुँदा समाजमा दिगो बिकासको परिकल्पना हुन सकेनरत्यों स्वाभाविक नै थियो |
दोश्रो कारक तत्वमा रवाफिलो भारदार नै हो भन्ने मेरो मान्यता छ | शिक्षा जब उच्च बर्गको पहुँचमा पुग्यो तिनिहरूको पहुँच दरबारसम्म हुनु स्वाभाविक नै थियो |दरबार लाइ कसरी नचाउने उनीहरूले सोच्न थाले | नेपालमा चाप्लुसी र चूक्ली पुरानो परम्परानै हो | अझैबिद्यमान छ | राजालाई परामर्श र सर-सल्लाह उनिहरुको निहित स्वार्थमा आधारित हुँदै दिन थालियों एव रितले तेही चाप्लुसी नैनेपालको मूल-कानून (संबिधान) बन्न पुग्यो |संबिधानले सर्भसधारणलाइ कुनै अवसर दियेन कानुनको दाएरता मात्र दीइयो | जसले गर्दामथिका मान्छेले शोषण ,दमन ,अत्याचार गर्दा पनि कानून नलाग्ने भयो र गरीब लाइ केहि हक़ अधिकार माग्दा पनि फसाइयो | गरीबहरु अत्यंत गरीब हुन थाले साथै गरीबलाइ प्रोत्साहित गर्ने तेस ्ता योजना हरु आएन यस कारणले गर्दा पनि देश पछि पछि पर्दे गयो |
तेश्रो मुख्य कारक तत्वमा “रम्झम राजनीति पर्न आउदछ | हाम्रो राजनीतिज्ञ हरु देश र जनता का बिकाश भन्दा पनि ;आफ्नो,परिवारको अनि दलगत स्वार्थ पूरा गर्न अभिप्रेरित हुने भएकाले पनि देशले कोल्टो फ़ेर्न सकेको छैन | देशको लागि केही गर्छु भनी संकल्पगरेर आएका पार्टीहरु आफैं गरीब,पीड़ित,शोषित जनता हरुलाई बिर्सेर आरामदायक जीवन तर्फ़ अग्रसर हुन्दैछन | पार्टीहरु मिलेर देशकोबिकास गर्ने भन्दा पनि कसरी अर्को पार्टीको दोष पत्ता लगाउने अनि बिरोध गर्ने भन्ने मनस्थितिले ग्रस्त छन |यसरी योजना बनाउने रनिर्णय गर्ने राजनीतिज्ञ बर्ग नै निहित स्वार्थ मा लागे पछि देशको स्थिति बर्बाद हुनेनै भयो |
हाम्रो यती राम्रो देशलाई पापिहरूले लुछेका लुछेकै छन | वाहिर भित्र बाट गिद्दे नजर लगाएका लगाएकै छन |यती धेरै युद्ध ,यती धेरैआन्दोलन ,यती धेरै बलिदानीहरु भएर पनि हामीमा चेतना पसेको छैन | हामी संसारका गरीब देशको नागरिक भनेर की त तिरस्कृत यासहानुभूति दिएर संज्ञा दिंदा पनि किन हो कुन्नी कति लाज लाग्दैन हामीमा अर्थमन्त्रिहरु बिदेशी सहयोग भनेर भिकारीले झै बिश्वसमुदाय संग हात फैलौदा दिलमा घोचेको छैन उल्टो यती सहयोग ल्याउन सफल भएको मा गर्ब गर्दछ | देशबाट थुप्रै सिपालु जनशक्तिपलायन हुंदा सरकारलाई कुनै चित्त दुख्दैन न त नेपाली नारी हरु संसारका बिभिन्न देश मा बेचियेकोमा …. | देश बिदेशमा सेना मा भर्तीगरेर सेनाको अकूत बिदेशी रोयल्टीले शाषक खुसी छन तर भबिश्यमा त्यसको के असर पर्छ भने नसोचे पछि के गर्ने?
अन्तमा,म साथी हरुलाई के अनुरोध गर्दछु भने यी तीन तत्वलाइ चिन्नू जरुरी छ | यी तीन तत्व या प्रबृति हावी भए सम्म हाम्रोदेशले कहिल्यै टाउको उठाऊंन सक्ने छैन |”राजा” दरबारबाट भागे पनि येसको धड़कन त छन्दैछ जसलाई “दोश्रो” कारणले ब्युताउनखोजी रहेको छ | मेरो बिचारमा केही बर्षमा यी प्रबृतिहरुलाई छिचोल्न सकेमा देशले आमूल परिबर्तन गर्नेछ |अस्तु |








भक्त जी राम्रो लेख को लागी धन्यवाद तपाइको लेखन कला लाइ सुभकामाना “राजा”,”रवाफिलो भारदार” र “रम्झम राजनीति मद्य राम्झाम राजनीति नै देशको कशिंगर बनेको छ |
मन परे हरियो थिच्नुहोस नपरे रातो !
0
0
हाम्रो नेपाल साच्चीनै हरेक चिजले धनी छ । जलस्रोत र प्रक्रिती देखी मेहेनेती जनता हाम्रो देशका सम्पदा हुन् । सदियौ देखीको दमन, शोषण र गरीबिको चक्रब्युहमा फसेर पनि नेपाली जनता अझै खुशी र धैर्य नै देखिन्छन् । साना तिना बिद्रोहहरु समाजमा देखिए पनि वास्तवमै उथलपुथल ल्याउने युद्ध भईहालेका छैनन् । राणा, राजा र अदुरदर्शी नेताहरुको चक्रब्युहमा फस्दा पनि नेपाली जनताको मुहारमा अझै मुस्कान कायमै छ । एउटा असल र दुर्दर्सी नेता जन्मिन सके अझै पनि नेपाल स्विटजरल्याण्ड बन्न बेर लाग्दैन । तर असल नेत्रित्वको अभाबमा अहिले नेपालमा चलिरहेका जातिय र क्षेत्रिय आन्दोलनले देश्लाई टुक्राउने र जातिय युद्ध हुने सम्भावनालाई नकार्न सकिन्न । यि सबै आन्दोलनलाई मुक्ती आन्दोलनको रुपमा लिएर सबैलाई एक सुत्रमा बाध्ने सबल र इमान्दार नेत्रित्व अहिलेको आबस्यक्ता हो ।
मन परे हरियो थिच्नुहोस नपरे रातो !
0
0
Bhakta jee what a nice article you have written. Describing it through 3 topics.Great job keep continue writing.
मन परे हरियो थिच्नुहोस नपरे रातो !
0
0