कमल महत, साउदी अरब – गुल्मी जिल्लाको मुसीकोट गाविस ६ का गोबिन्द बहादुर सारू मगरको ८ जनवरीको दिउसो ३:०० बजे सुलाइ १७ नम्बर रियादस्थित अल फरोत हदित कम्पनीमा डिउटि कै समयमा क्रेनको चेन छिनेर क्रेनले उठाइरहेको समानले थिचेर घटना स्थलमै मृत्यु भएको मृतकका आफन्त नर बहादुर सारू मगरले बताउनु भएको छ । मृतक गोबिन्द बहादुर सारू मगर भारतको बाटो हुदै ७ महिना अगाडी साउदी अरबको उक्त कम्पनीमा आएको मृतकका आफन्त नर बहादुर सारू मगरले बताउनुभयो ।
यस दुर्घटनाको बारेमा नेपाली दुतावास रियाद नियोग उप प्रमुख श्री हरिश्चन्द्र घिमिरे ज्यूसँग फोन मार्फत जानकारी गराएको र जानकारीका क्रममा दुतावासले सक्दो चाँडै मृतकको लाश नेपाल पठाउने पहल गर्ने बताउनु भयो । यसै दुर्घटनाको बारेमा नेपाली दुतावास रियादमा मृत्यु तथा क्षतिपूर्ति सम्बन्धी मुद्धा हेर्ने कमरूल हक ज्यूसँग जानकारी माग्दा मृतकको लाश पठाउन चाहिने प्रमाण-पत्रहरू उपल्बध गराउन मृतकको साउदी मालिकसँग कुरा भएको र मृतकको साउदी मालिकले सकारात्मक जवाफ दिएको जानकारी गराउनु भएको छ ।
मृतक गोबिन्द सारू मगरको एक श्रीमती र २ नाबालक छोरी रहेको मृतकका आफन्तले बताउनु भएको छ ।









Nice I like this site.
मन परे हरियो थिच्नुहोस नपरे रातो !
1
0