हार्दिक श्रदांजलि
Kharapani flood

अबुधाबी उडेको इतिहाद एयरवेजको जहाजको एउटा इन्जिन ‘फेल’ भएपछि काठमाडौंमै आकस्मिक अवतरण

सुशील भट्टराई, काठमाडौं, माघ ४- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार राति युनाइटेड अरब इमिरेट्स (युएई) को अबुधाबी उडेको इतिहाद एयरवेजको जहाजको एउटा इन्जिन ‘फेल’ भएपछि काठमाडौंमै आकस्मिक अवतरण गरेको छ। विमानस्थलबाट राति ९१५ बजे उडेको जहाज ५७ मिनेटपछि आकस्मिक अवतरण गरेको हो। जहाजमा १ सय ६८ यात्रु थिए। चालक दलसहित सबै यात्रु सकुशल छन्। ’यहाँबाट उडेको ५ मिनेटपछि नै एउटा इन्जिन फेल भएको खबर आयो,’ विमानस्थलका महाप्रबन्धक रतिशचन्द्र लाल सुमनले नागरिकसँग भने, ‘जहाज १०:१२ बजे काठमाडौंमा आकस्मिक अवतरण गर्‍यो।’

उनका अनुसार इन्जिन फेल भएको थाहा पाउँदासम्म जहाज धादिङको धार्केबाट केही पर पुगेको थियो। त्यसपछि ट्यांकीमा तेलको मात्रा घटाउन जहाजलाई धार्केमाथि आधा घन्टा आकाशमै घुमाइयो। इन्जिन फेल हुँदा जहाजको तौल कम हुनुपर्ने भएकाले यसो गरिएको हो। जानकारी पाएलगत्तै विमानस्थल व्यवस्थापनले दमकल, एम्बुलेन्स, प्रहरी, सैनिक लगायत सबैलाई सतर्क गराएको थियो।

युएईको सरकारी वायुसेवा कम्पनी इतिहादको यो जहाज बोइङ ७३७ मोडलको हो। यो जहाज अबुधाबीबाटै मंगलबार राति ८ बजे काठमाडौं आइपुगेको थियो। यो जहाज चार दिनजति काठमाडौंमै ग्राउन्डेड हुने सुमनले बताए। अबुधाबीबाट इतिहादका इन्जिनियरहरू आएर मर्मत गरेपछि जहाज उड्छ।

यस्तो घटना यो साता दोस्रोचोटि भएको हो। चार दिनअघि काठमाडौंबाट कतारको दोहा उडेको कतार एयरवेज जहाजको पनि एउटा इन्जिन फेल भएको थियो। विमानस्थल अधिकारीहरूका अनुसार पाल्पामाथि पुगेपछि एउटा इन्जिन फेल भएको थाहा पाएर भारतको लखनउमा आकस्मिक अवतरण गरेको थियो।रासस

Facebook Comments

1 comment to अबुधाबी उडेको इतिहाद एयरवेजको जहाजको एउटा इन्जिन ‘फेल’ भएपछि काठमाडौंमै आकस्मिक अवतरण

  • It was good We We Knew all all Passengers were safe landed in Kathmandu. Otherwise i guess Nepal Have More Negative Points from India..

    मन परे हरियो थिच्नुहोस नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

This page has been visited
count all hits
since Jan,2010