ANA कन्भेन्शन २०१० बोस्टनमा हुने (समाचार बिचार)
अमेरिकामा नेपाली जनसमुदायहरुको ठुलो भेला अर्थात ANA कन्भेन्शन गर्ने संस्था दी एसोसिअशन ऑफ़ नेपालिज इन अमेरकाले आउने २०१० को कन्भेन्शन म्यास्सेचुसेट्स गणराज्यको बोस्टन सहरमा गर्ने निर्णए गरेको छ | ANA उत्तरी अमेरिकोको मेक्सिको, क्यानाडा र सयुक्त राज्य अमेरिकामा सक्रिय छ |
२०१० मा आयोजना हुने ANA कन्भेन्शनको पुर्ब तयारीको लागी यस सस्थाका उप-अधक्ष मेदिनी अधिकारी बोस्टन पुगेका थिए | बोस्टन स्थित ग्रेटर बोस्टन नेपालिज कम्युनिटी र ANA को सहयोग र निर्देसनमा २०१० को कन्भेन्शन केही भिन्नै र नेपाल अनी नेपालीहरुको सार्थक परिचय गराउने गरी भब्य रुपमा सफल पार्ने एक एतिहासिक निर्णय गरेको छ | दी एसोसिअशन ऑफ़ नेपलिज इन अमेरकाका उप- अधक्ष मेदिनी अधिकारी साथै फ़ाउन्डर मेम्बर प्रलाद के.सी लगाएत बृहत् स्थानीय जनसमुदयको उपस्थितिमा ANA २०१० कसरी अलग पहिचानका साथ गर्न सकिन्छ भन्ने बारे छलफल कार्यक्रम भएको थियो | उक्त कार्यक्रममा ANA ले गएको २५ बर्स देखि गर्दै आएको कन्भेनसनहरुको झलक देखाइएको थियो | साथै ANA २०१० को पुर्ब तयारीको लागी ग्रेटर बोस्टन नेपलिज कम्युनिटिका बर्तमान अधक्ष जाङ्बु शेर्पा र भाबिस्यमा हुने अधक्ष उत्सब गुरुंग, ANA को एक्जीक्यूटिव मेम्बरमा, सुंदर गुरुङ् कन्भेनरमा र अरु चार को-कन्भेनरहरुमा ध्रुब घिमिरे, बिष्णु कार्की, लीला राउत र प्रेम तामांग चयन गरिएको छ भने अरु कार्य समितिहरू छिट्टै गर्ने निर्णए गरेको छ |
महाबीर पुनहरु जस्ता ब्याक्तिहरुलाई संस्थाले सहयोग गर्ने र बिशेस गरी टेक्निकल फिल्डमा नेपाल र नेपालीहरुको लागी यो संस्थाले सक्दो सहयोग गर्ने बिचार उप-अधक्ष मेदिनी अधिकारीले ब्यक्त गर्नुको साथै बोस्टनबासी नेपालीहरुलाइ आना बोस्टनमा ल्याउन सफल भएकोमा बधाई दिए | यस्तै ANA २०१० बोस्टनमा ल्याउन सार्थक भूमिका खेल्ने अहिलेका कन्भेनर सुन्दर गुरुंगले संपूर्ण बोस्टनबासी नेपालीहरुको सहयोग र सहभागिताले ANA २०१० सबै भन्दा राम्रो कन्भेन्शन हुने प्रतिबद्दता ब्यक्त गरे |
सांझ परे पछि अल्स्टन स्थित नेपाली रेस्टुरेंट माउन्ट एभ्रेस्टमा उप-अधक्ष मेदिनी अधिकारिलाई बिधाई तथा रात्रिभोज कार्यक्रम गरिएको थियो | यसै शिल-शिलामा वहांले कार्यगत एकता र सहकार्यका साथ ANA २०१० सफल गर्न सकिन्छ भन्दै सबैको सहकार्य महत्वोपूर्ण हुने बताए |
कार्यक्रमको केही फोटाहरू हेर्न यहाँ क्लिक गर्नुहोस |यी फोटोहरु सबै सुंदर गुरुङ्जिको क्यामारा बाटा साभार गरिएको हो |




















This will be the Best ANA ever with the largest crowd of more than 7000 people. So lets make it happen real BIG.
“Lets Go Boston 2010.”