bostonnepal

Monthly Post

समाचार/बिचार

bombayolive
SHIVA1
edwonweblogo
COUNTLESS HITS
count all hits
September 2010
M T W T F S S
« Aug    
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Sayathari Baja Eutai Taal

ANMA/NASEA Joint Convention Live Show.


एअरल नामक समुंद्री आँधीको प्रभाब


संयुक्त राज्य अमेरिकाको दक्षिण पूर्बी तटीय क्षेत्रमा आइरहेको एअरल नामक समुंद्री आंधीले  म्यास्सचुस्सेट्स गण-राज्यको  Cape Cod, Nantucket वरीपरी क्षेत्रमा बढ़ी  प्रभाब पार्ने भाबिस्य बाणी गरेको छ | उक्त आंधीले  सुक्रबार ३ बजे देखि सनिबार बिहान सम्म लगातार प्रभाब पारिराहने  छ

बोस्टनमा तीज बिबाद चर्किदै गयो (भाग एक)

हिन्दू धार्मिक महिलाहरुको महान चाड तीज नाजिकिदै जांदा बोस्टनमा दुई आयोजकहरु बिच बिबाद बढ्दै गैराहेको छ | करीब दुई हप्ता पहिला  महिला समूहले सेप्टेम्बर १० मा तीज आयोजना गर्ने निर्णय गरेको थियो भने फेरी Lions क्लब ले पनि सेप्टेम्बर ९ मा तीज आयोजना गर्ने निर्णय गरे पछि  तीज बिबाद बढ्दै गैरेहेको छ |
मीडिया र इमेलमा प्राप्त भएका सुचानाहरुको घटना क्रम "Read More" बोस्टनमा तीज बिबाद चर्किदै गयो (भाग एक)

विदेशी शक्तिको आडमा काँग्रेस र एमालेले देशमा गम्भीर दुर्घटना निम्त्याउन खोजेको :कमल थापा

बोस्टन नेपाल दात कम सम्बाददाता
भदौ १८ काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी शक्तिको आडमा काँग्रेस र एमालेले देशमा गम्भीर दुर्घटना निम्त्याउन खोजेको आरोप लगाएका छन् । राप्रपा नेपालका स्थानीय निकाय प्रतिनिधिको राष्ट्रिय सम्मेलनको आज ललितपुरमा उद्घाटन गर्दै अध्यक्ष थापाले शान्ति स्थापना र संविधान लेख्न छाडेर विदेशी शक्तिको आड र प्रजातन्त्रको आवरणमा काँग्रेस र एमालेले देशमा अधिनायकवाद लाद्ने गोप्य षडयन्त्र गरिरहेको आरोप लगाएका हुन् । "Read More" विदेशी शक्तिको आडमा काँग्रेस र एमालेले देशमा गम्भीर दुर्घटना निम्त्याउन खोजेको :कमल थापा

बाबुराम भट्टराई चढेको गाडीलाई बसले ठक्कर दियो

बोस्टन नेपाल दात कम सम्बाददाता
भदौ १८ काठमाडौँ। गोरखाबाट काठमाडौं आइरहेका माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईको गाडीमाथि त्रिशूली खण्डमा एक बसले शङ्कास्पद तरिकाले ठक्कर दिएको छ। मुगलिन-गजुरी खण्डमा पर्ने चितवन दारेचोक गाविस-९ तिस्लिङमा बिहान ११ : १० मा उनी चढेको वा १ छ ७५८ नं. को गाडीमा लु १ ख ६१३९ नं. को बसले ठक्कर दिएको हो। "Read More" बाबुराम भट्टराई चढेको गाडीलाई बसले ठक्कर दियो

७ अमेरिकि र क्यानाडाली नेपाली न्यूज पोर्टलहरुद्वारा एकैसाथ प्रतक्ष प्रसारण गर्ने चाँजो पाँजो


Exclusive:
न्यू योर्क / लेक्जिङ्टन, केन्टकी- अमेरिकाको मध्य-पश्चिमी र दक्षिण-पुर्बी क्षेत्रिय दुई नेपाली संस्थाहरु Association of Nepalese in Midwest America (ANMA) र Nepalese Association in SouthEast America (NASeA) को संयुक्त सम्मेलन यही सेप्टेम्बर ४ र ५ तारिखमा केन्टकी राज्यको लेक्जिङ्टन शहरमा सम्पन्न हुँदैछ। "Read More" ७ अमेरिकि र क्यानाडाली नेपाली न्यूज पोर्टलहरुद्वारा एकैसाथ प्रतक्ष प्रसारण गर्ने चाँजो पाँजो

नयाँ प्रधानमन्त्री बनाउन भारतीय दुतावासमा गोप्य छलफल

बोस्टन नेपाल डट कम सम्बाददाता
भदौ १७ काठमाडौँ। भदौ २० गते तय गरिएको प्रधानमन्त्रीको निर्वाचान मार्फत कुनैपनि हालतमा नयाँ प्रधानमन्त्री चुनिनु पर्ने मुख्य उदेश्य राखी भारतीय दुताबासले प्रत्यक्ष पहल गरि मधेशी मुलका सम्पुर्ण मन्त्री तथा भारत समर्थित नेताहरुलाई दुताबासमै बोलाएर गोप्य छलफल गरिरहेका छन् । "Read More" नयाँ प्रधानमन्त्री बनाउन भारतीय दुतावासमा गोप्य छलफल

माओवादीले हतियार मोह त्यागे राष्ट्रिय सहमति जुट्छ: रामचन्द्र पौडेल

बोस्टन नेपाल डट कम सम्बाददाता
भदौ १७ काठमाडौँ। नेपाली काग्रेसका उपसभापति एवं प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलले एकीकृत नेकपा माओवादीले हतियार मोह त्यागे तत्काल राष्ट्रिय सहमति जुट्नेबताएका छन् । सिंहदरवारस्थित काग्रेस संसदीय दलको कार्यालयमा बिहिबार संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। "Read More" माओवादीले हतियार मोह त्यागे राष्ट्रिय सहमति जुट्छ: रामचन्द्र पौडेल

आगामी सातासम्म अमेरिकामा तिस हजार भुटानी शरणार्थी पुनस्र्थापित हुने

बोस्टन नेपाल डट कम सम्बददाता
भदौ १६ काठमाडौँ। नेपालका बिभिन्न शिविरहरुमा बसिरहेका भुटानी शरणार्थीहरुमध्ये यो सातासम्म ३० हजार शरणार्थी अमेरिकामा पुनस्र्थापित हुने भएका छन् । शरणार्थी सम्बन्धी उच्चायुक्तको नेपालस्थित कार्यालयका अनुसार अमेरिका सहित अन्य देशमा समेत पुनस्र्थापित हुने भुटानी शरणार्थीहरुको संख्या ३५ हजार पुग्नेछ । "Read More" आगामी सातासम्म अमेरिकामा तिस हजार भुटानी शरणार्थी पुनस्र्थापित हुने

राजसंस्था ब्यूतिनु र राष्ट्रपति शासन लाग्नु भनेको उस्तै हो: उपराष्ट्रपति

बोस्टन नेपाल डट कम सम्बाददाता
भदौ १६ पोखरा। उपराष्ट्रपति परमानन्द झाले भदौ २० गतेसम्म नयाँ प्रधानमन्त्री चयन नभए दलहरुले विकल्प दिनुपर्ने बताएका छन् । पोखरा विमानस्थलमा बुधबार संचारकर्मीहरुसंग कुरा गर्दै उपराष्ट्रपति झाले दलहरु मिलेर सरकार निर्माण गर्न नसके नेपाली जनतालाई उनीहरुले चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका हुन्। पोखराको बिरौटामा कृष्णको प्रतिमा उद्घाटनका लागि उपराष्ट्रपति झा आज पोखरा आएका हुन् ।

उनले राजनीतिक गतिरोध अन्त्यको एकमात्र विकल्प सहमति र समझदारी नै भएकोले यसको आधारमा अघि बढ्नु बढ्नु पर्ने सुझाब दिए ।सँक्रमणकालीन अवस्था लम्बिएमा मुलुकमा राष्ट्रपति शासन लाग्छ त भन्ने जिज्ञासामा उनले राजसंस्था ब्यूतिनु भन्नु र राष्ट्रपति शासन लाग्नु उस्तै भएकाले कल्पनै गर्न नसकिने स्पष्ट जवाफ दिए । "Read More" राजसंस्था ब्यूतिनु र राष्ट्रपति शासन लाग्नु भनेको उस्तै हो: उपराष्ट्रपति